आज कुकुर तिहार: घरको सुरक्षा गर्ने कुकुरप्रति सम्मान गर्दै मनाइदै

काठमाडौँ, १५ कात्तिक: नेपालमा आज कुकुर तिहार मनाइँदैछ। तिहारको तेस्रो दिन पर्ने यस पर्वमा घरको सुरक्षा गर्ने कुकुरलाई पूजा आराधना गरी मीठा-मीठा परिकार खुवाएर सम्मान गरिन्छ।

यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार यमपञ्चकको तेस्रो दिन परेको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी तिथि परेको दिन मनाउनुपर्ने हुन्छ।

धार्मिक विश्वास अनुसार, कुकुरलाई मीठा परिकार खुवाएमा यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिन्छन्। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ।

यसै दिन नरक चतुर्दशी पनि मनाइन्छ। बिहानै अरुणोदयकालमा नदी वा तलाउमा स्नान गरी यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ।

तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन पनि छ। यसो गर्दा शरीर स्वस्थ हुने आयुर्वेदिक मत रहेको छ। कुकुर तिहारमा कुकुरलाई पूजा गरी मिठो खानेकुरा खुवाइन्छ।
यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार यमपञ्चकको तेस्रो दिन परेको हो। नरक चतुर्दशीमा नुहाएर यमदीप बगाउने चलन छ। तिहारमा तिलको तेल लगाएर नुहाउँदा शरीर स्वस्थ हुन्छ।

( कृपया तल प्रतिकृया दिनुहोस )

Leave a Reply

Don't Miss

डोनाल्ड ट्रम्प: १९८, कमला ह्यारिस: १०९, जित्नका लागि आवश्यक इलेक्टोरल मत: २७०

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले हालसम्म १९८ इलेक्टोरल मत

एयरबाल्टिकले युरोपेली फ्लिटमा स्टारलिंक वाईफाई थप्ने पहिलो एयरलाइन बन्यो

लाट्भियाली एयरलाइन airBaltic (BT) ले आफ्नो सम्पूर्ण Airbus A220-300 बेडामा

नेपाली रेडियो नेटवर्कद्वारा नेपालमै पहिलोपटक एआई नीति जारी

काठमाडौं। ‘नेपाली रेडियो नेटवर्क‘ ले ‘कृत्रिम बुद्धिमता (आर्टिफिसियल इन्टेलिजेन्स(एआई)‘ नीति