साम्बाको ‘आइकोनिक सेलेब्रेसन’ – साफ वुमन्स च्याम्पियनसिप २०२४

१२ कात्तिक, काठमाडौं । घरेलु टोली नेपाल र कीर्तिमानी पाँच पल्टको विजेता भारतबीच भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को दोस्रो सेमिफाइनलमा तनावपूर्ण नाटकीय र रोमाञ्चले भरिपूर्ण रह्यो ।

कात्तिक, काठमाडौं । घरेलु टोली नेपाल र कीर्तिमानी पाँच पल्टको विजेता भारतबीच भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को दोस्रो सेमिफाइनलमा तनावपूर्ण नाटकीय र रोमाञ्चले भरिपूर्ण रह्यो ।

रेड कार्ड, उत्कृष्ट गोल, रेफ्रीको विवादित निर्णय, दर्शकको नाराबाजी, पेनाल्टी सुटआउट, अन्जनाले पेनाल्टी रोक्नु अनि १० खेलाडीमा सीमित नेपालले पुनरागमनसहित जित निकाल्नु ।

फुटबल प्रेमीका लागि यो यस्तो ऐतिहासिक खेल बन्यो, जसको वर्णन गर्न शब्द पनि  अपर्याप्त छन् ।

“म क्लब लेभलदेखि राष्ट्रिय टिमको खेल हुँदा क्रिस्टियानो रोनाल्डोको खेल हेर्छु । आज गाडीमा आउँदा पनि यही गोल र यही सेलेब्रेसन हेरेर आएको थिएँ ।”

यी सबैलाई छाड्ने हो भने उक्त खेलमा एउटा अर्को पनि महत्वपूर्ण मोमेन्ट थियो । गोल मेसिनको रुपमा परिचित सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरेपछिको सेलेब्रेसन ।

यो सामान्य सेलेब्रेसन थिएन । आइकोनिक सेलेब्रेसन थियो । नेपाली फुटबलमा यस्तो खालको सेलेब्रेसन अहिलेसम्म भएकै थिएन ।

एउटा त महिला खेलाडीले जर्सी खोलेर सेलेब्रेसन गर्नु नेपाली फुटबलमै यो पहिलो पटक हो । विश्व फुटबलमा पनि अहिले महिला खेलाडीहरुले गोल गरेपछि जर्सी खोलेर सेलेब्रेसन गर्ने गरेका छन् । यसको अर्कै कथा हुन सक्छ । युरो कप देखि क्लब प्रतियोगिता र महिला विश्वकपमा समेत महिला खेलाडीले जर्सी खोलेर खुशी मनाउने गरेका छन् ।

( कृपया तल प्रतिकृया दिनुहोस )

Leave a Reply

Don't Miss

डोनाल्ड ट्रम्प: १९८, कमला ह्यारिस: १०९, जित्नका लागि आवश्यक इलेक्टोरल मत: २७०

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले हालसम्म १९८ इलेक्टोरल मत

अमेरिकाको भविष्य निर्धारण गर्ने दिन: ७ ब्याटलग्राउण्ड राज्यमा सबैको नजर

२० भदौ, काठमाडौं । अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान हुँदैछ।

आज कुकुर तिहार: घरको सुरक्षा गर्ने कुकुरप्रति सम्मान गर्दै मनाइदै

काठमाडौँ, १५ कात्तिक: नेपालमा आज कुकुर तिहार मनाइँदैछ। तिहारको तेस्रो