कात्तिक, काठमाडौं । घरेलु टोली नेपाल र कीर्तिमानी पाँच पल्टको विजेता भारतबीच भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को दोस्रो सेमिफाइनलमा तनावपूर्ण नाटकीय र रोमाञ्चले भरिपूर्ण रह्यो ।
रेड कार्ड, उत्कृष्ट गोल, रेफ्रीको विवादित निर्णय, दर्शकको नाराबाजी, पेनाल्टी सुटआउट, अन्जनाले पेनाल्टी रोक्नु अनि १० खेलाडीमा सीमित नेपालले पुनरागमनसहित जित निकाल्नु ।
फुटबल प्रेमीका लागि यो यस्तो ऐतिहासिक खेल बन्यो, जसको वर्णन गर्न शब्द पनि अपर्याप्त छन् ।
“म क्लब लेभलदेखि राष्ट्रिय टिमको खेल हुँदा क्रिस्टियानो रोनाल्डोको खेल हेर्छु । आज गाडीमा आउँदा पनि यही गोल र यही सेलेब्रेसन हेरेर आएको थिएँ ।”
यी सबैलाई छाड्ने हो भने उक्त खेलमा एउटा अर्को पनि महत्वपूर्ण मोमेन्ट थियो । गोल मेसिनको रुपमा परिचित सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरेपछिको सेलेब्रेसन ।
यो सामान्य सेलेब्रेसन थिएन । आइकोनिक सेलेब्रेसन थियो । नेपाली फुटबलमा यस्तो खालको सेलेब्रेसन अहिलेसम्म भएकै थिएन ।
एउटा त महिला खेलाडीले जर्सी खोलेर सेलेब्रेसन गर्नु नेपाली फुटबलमै यो पहिलो पटक हो । विश्व फुटबलमा पनि अहिले महिला खेलाडीहरुले गोल गरेपछि जर्सी खोलेर सेलेब्रेसन गर्ने गरेका छन् । यसको अर्कै कथा हुन सक्छ । युरो कप देखि क्लब प्रतियोगिता र महिला विश्वकपमा समेत महिला खेलाडीले जर्सी खोलेर खुशी मनाउने गरेका छन् ।