अनलाइनबाटै यसरी प्राप्त गर्नुहोस् नेपाल टेलिकमको ई-सिम

Photo from GadgetByte Nepali

नेपाल टेलिकमले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा ई-सिम सेवा अब एप र वेबसाइटबाटै उपलब्ध गराएको छ। यो सेवा आजदेखि सुरु भएको नेपाल टेलिकमले जनाएको छ।

मंगलबार, भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित २१औँ वार्षिकोत्सवको कार्यक्रममा यो सेवा सुरु गरेको कुरा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले जानकारी दिइन्।

उनले बताइन्, ‘अहिलेसम्म ग्राहकहरूले ई-सिम लिनका लागि काउन्टरमा जानुपर्ने बाध्यता थियो। तर अब ग्राहकहरूले नेपाल टेलिकमको एप र वेबसाइटबाट यो सेवा सजिलै प्राप्त गर्न सक्नेछन्।’

यसले ग्राहकहरूको सुविधा बढाउने र सेवा प्राप्त गर्ने प्रक्रिया अझ सरल बनाउने अपेक्षा गरिएको छ।

अनलाइनबाट ई-सिम कसरी लिने त् ? नेपाल टेलिकमको वेबसाइट https://esim.ntc.net.np मा गएर लिन सकिन्छ।

यो तल को video मा नेपाली YouTuber ले step-by-step instruction दिएका छन्।

( कृपया तल प्रतिकृया दिनुहोस )

Don't Miss

डोनाल्ड ट्रम्प: १९८, कमला ह्यारिस: १०९, जित्नका लागि आवश्यक इलेक्टोरल मत: २७०

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले हालसम्म १९८ इलेक्टोरल मत

राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेशको लागि स्वीकृत शरणार्थीहरूको यात्रा योजना रद्द गरेका छन्।

वासिङ्टन: अमेरिकाको शरणार्थी पुनर्वास कार्यक्रम अर्को हप्ताबाट निलम्बन हुने भएपछि

ट्रम्प प्रशासनद्वारा आप्रवासीहरूलाई झुक्याएर पक्राउ गर्ने अभियान तीव्र

अमेरिकामा हालै भएका अनिवार्य आप्रवासन जाँच तथा अदालत सुनुवाइमा भाग