Live

उपनिर्वाचनको मतदान शुरू, मतदान केन्द्र वरपर सेनाको गस्ती

स्थानीय तहका पदहरूमा जनप्रतिनिधि चयन गर्न आज मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि सुरु भएको यो प्रक्रिया साँझ ५ बजे सम्पन्न हुनेछ।

यस उपनिर्वाचनअन्तर्गत ४१ पदका लागि मतदान हुँदैछ। तीमध्ये नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, र वडाध्यक्ष ३३ जना छनोट हुनेछन्। यसअघि कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ का वडाध्यक्ष निर्विरोध निर्वाचित भइसकेका छन्।

काठमाडौंको कीर्तिपुरस्थित नवज्योति आधारभूत विद्यालय पांगा मतदान केन्द्रमा बिहान ७:१० बजेबाट मतदान सुरु भएको छ। यो केन्द्रमा १,३४० जना मतदाता रहेका छन्, मतदान अधिकृत शोभाकर खरेलले जानकारी दिए।

यस उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्षका साथै दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि मतदान भइरहेको छ।

( कृपया तल प्रतिकृया दिनुहोस )

Don't Miss

डोनाल्ड ट्रम्प: १९८, कमला ह्यारिस: १०९, जित्नका लागि आवश्यक इलेक्टोरल मत: २७०

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले हालसम्म १९८ इलेक्टोरल मत

अमेरिकाको भविष्य निर्धारण गर्ने दिन: ७ ब्याटलग्राउण्ड राज्यमा सबैको नजर

२० भदौ, काठमाडौं । अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान हुँदैछ।

साम्बाको ‘आइकोनिक सेलेब्रेसन’ – साफ वुमन्स च्याम्पियनसिप २०२४

एक खेलाडी कम, एक गोलले पछाडि । एक घण्टा भन्दा