प्रधानमन्त्री सुशीला कार्कीले पदबाट बाहिरिने तयारी तीव्र बनाएकी छिन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले नियुक्ति र शपथ लिने तयारी भइरहेका बेला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जान छाडेर अनौपचारिक रूपमा बिदा लिइसकेकी छन् ।
उनले औपचारिक बिदाइ अस्वीकार गर्दै शान्त रूपमा जिम्मेवारी त्याग्ने निर्णय लिएकी हुन् । यससँगै सिंहदरबारस्थित कार्यालयमा रहेका उनका सामान पनि सचिवालयले सारिसकेको छ ।
बालुवाटारस्थित सरकारी निवासबाट उनका परिवारले अधिकांश सामान टोखास्थित निजी घरमा लगिसकेका छन् र त्यहाँ सुरक्षा व्यवस्थाको तयारी भइरहेको छ । नयाँ प्रधानमन्त्रीको शपथपछि कार्की सोझै निजी निवास सर्ने योजना रहेको जनाइएको छ ।

