गोलीकाण्डपछि ट्रम्पले अमेरिकी डाइभर्सिटी भिसा लटरी कार्यक्रम निलम्बन गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिकी डाइभर्सिटी भिसा (डीभी) लटरी कार्यक्रम निलम्बन गर्ने आदेश दिएका छन्। यही कार्यक्रममार्फत ब्राउन विश्वविद्यालय र एमआईटीमा भएको गोलीकाण्डका आरोपी संयुक्त राज्य अमेरिका प्रवेश गरेको बताइएको छ।

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) लाई उक्त कार्यक्रम अस्थायी रूपमा रोक्न आदेश दिइएको जानकारी दिएकी हुन्।

आरोपी पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्तेको सन्दर्भमा नोएमले “यस्तो जघन्य अपराध गर्ने व्यक्ति हाम्रो देशमा कहिल्यै प्रवेश गर्न दिनु हुँदैनथ्यो” भनेर टिप्पणी गरेकी छन्।

४८ वर्षीय नेभेस भालेन्ते ब्राउन विश्वविद्यालयमा दुई विद्यार्थीको ज्यान जाने र नौ जना घाइते हुने गरी भएको गोलीकाण्डका मुख्य संदिग्ध हुन्। उनीमाथि एमआईटीका एक प्राध्यापकको हत्या गरेको आरोप पनि छ । अधिकारीहरूका अनुसार उनी बिहीबार साँझ आफैंले गोली हानेर मृत फेला परेका हुन्।

प्रोभिडेन्स प्रहरीको शपथपत्रअनुसार नेभेस भालेन्ते सन् २००० मा विद्यार्थी भिसामार्फत ब्राउन विश्वविद्यालयमा अध्ययन गर्न अमेरिका आएका थिए। सन् २०१७ मा उनले डाइभर्सिटी आप्रवासी भिसा प्राप्त गरेपछि केही महिनामै स्थायी आवास अनुमति (ग्रीन कार्ड) लिएका थिए। तर सन् २००१ मा अध्ययनबाट छुट्टी लिएपछि २०१७ सम्म उनी कहाँ थिए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।

डाइभर्सिटी भिसा कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष अमेरिकामा कम प्रतिनिधित्व भएका मुलुकका नागरिकलाई लटरीमार्फत ५० हजारसम्म ग्रीन कार्ड दिइन्छ। यी मुलुकमध्ये धेरैजसो अफ्रिकी देशहरू रहेका छन्। यो कार्यक्रम कंग्रेसद्वारा स्थापना भएकाले यसको निलम्बनले कानुनी चुनौती निम्त्याउने सम्भावना रहेको छ।

सन् २०२५ को डीभी लटरीका लागि करिब दुई करोड मानिसले आवेदन दिएका थिए। विजेता र उनीहरूका परिवारजनसमेत गरी १ लाख ३१ हजारभन्दा बढी छनोट भएका थिए। तर अन्तिम प्रवेशका लागि उनीहरूले कडा सुरक्षा जाँच प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

Leave a Reply

Most viewed

Newsletter

Don't Miss

रास्वपाको समानुपातिक उम्मेदवारीमा फिर्ताको लहर

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

ऐतिहासिक: रास्वपा नेतृत्व र प्रधानमन्त्री उम्मेदवारीबारे ७ बुँदे सहमति

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…