अब ग्रीन कार्ड पाउन अमेरिका बाहिरबाटै आवेदन दिनुपर्ने – USCIS

वासिङ्टन डीसी । अमेरिकाले आफ्नो आप्रवासन नीतिमा ठूलो परिवर्तन गर्दै अब अधिकांश ग्रीन कार्ड (स्थायी बसोबास अनुमति) आवेदकहरूले अमेरिका छोडेर आफ्नै देशबाटै आवेदन दिनुपर्ने व्यवस्था लागू गरेको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) ले शुक्रबार सार्वजनिक गरेको नयाँ नियमअनुसार अब ‘असाधारण परिस्थिति’ बाहेक अमेरिकाभित्रै बसेर स्टेटस परिवर्तन गर्दै ग्रीन कार्ड लिन पाइने छैन। ग्रीन कार्ड चाहने विदेशी नागरिकहरूले आफ्नो देशस्थित अमेरिकी दूतावास वा कन्सुलर कार्यालयमार्फत ‘कन्सुलर प्रोसेसिङ’ पूरा गर्नुपर्नेछ।

ट्रम्प प्रशासनले ल्याएको यो कदमलाई अवैध आप्रवासन नियन्त्रण गर्ने रणनीतिको रूपमा हेरिएको छ। यसअघि पर्यटक, विद्यार्थी वा अस्थायी कामदार भिसामा अमेरिका पुगेका धेरै व्यक्तिहरूले अमेरिकामै बसेर ग्रीन कार्डका लागि आवेदन दिने प्रचलन अपनाउँदै आएका थिए।

CBS News

USCIS का प्रवक्ता ज्याक कालहलरले भने, “अब अस्थायी भिसामा अमेरिका आएका र ग्रीन कार्ड लिन चाहने व्यक्तिहरूले असाधारण अवस्था बाहेक आफ्नै देश फर्केर प्रक्रिया पूरा गर्नुपर्नेछ। भ्रमण वा अस्थायी भिसालाई स्थायी बसोबासतर्फको पहिलो पाइला बनाउन मिल्दैन।”

नयाँ नीतिप्रति अधिकारकर्मी र आप्रवासन विज्ञहरूले भने तीव्र असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार हालसम्मको व्यवस्थाले आवेदन प्रक्रियाका क्रममा परिवारलाई सँगै बस्न सहज बनाएको थियो। नयाँ नियमले लाखौं परिवार र रोजगारदातामाथि अनिश्चितता थप्ने उनीहरूको भनाइ छ।

आप्रवासन विज्ञ माइकल भाल्भर्डेले बीबीसीसँग कुरा गर्दै भने, “यो निर्णयले कानुनी रूपमा अमेरिका आउन चाहनेहरूका लागि थप कठिनाइ सिर्जना गर्नेछ। नियम पालना गरिरहेका व्यक्तिहरू समेत अब अन्योल र अनिश्चिततामा पर्नेछन्।”

Leave a Reply

Don't Miss

जोहरान माम्दानीको शपथग्रहण तयारी: उद्घाटन समिति घोषणा

न्यूयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान माम्दानीले…