‘जय महाकाली’ – बालेनको नयाँ गीत

काठमाडौँ — बालेन शाह ले फेरि एकपटक संगीतमार्फत दर्शकलाई चकित पार्दै नयाँ गीत सार्वजनिक गरेका छन्। रास्वपाका संसदीय दलका नेतासमेत रहेका उनले आफ्नै युट्युब च्यानलमार्फत ‘जय महाकाली’ बोलको गीत सार्वजनिक गरेका हुन्।

शाहकै शब्द, संगीत र स्वरमा तयार भएको यो गीतमा उनको परिचित र्‍याप शैली पनि मिसिएको छ। ऊर्जाशील लय र देशभक्तिको भाव बोकेको गीतको स्थायीमा उनी भन्छन्—
“जय महाकाली, आयो गोर्खाली,
विश्व जित्छ यसपाली, डराउँदैन यसपाली…”

गीतको भिडियोले पनि उत्तिकै ध्यान खिचेको छ। यसमा शाहको चुनावी अभियानका झल्को दिने दृश्यहरू समेटिएका छन्, जसले उनको राजनीतिक यात्रा र जनतासँगको सम्बन्धलाई उजागर गर्छ। गीतमार्फत उनले “यो पाली घर–घरमा खुशी पुग्नेछ” भन्ने आशावादी सन्देश पनि व्यक्त गरेका छन्।

संगीततर्फ किरण बरालको बाँसुरीले गीतलाई थप मधुर बनाएको छ भने नेपसेक स्टुडियोमा रेकर्ड गरिएको यो गीतको प्रोडक्सन फोर्सिल/क्रोनिक बिजले सम्हालेका हुन्। भिडियो सम्पादन बिकेश मगरले गरेका छन्।

रोचक कुरा के भने, भिडियो सार्वजनिक भएको केही समयमै यसले दर्शकको उल्लेखनीय ध्यान तानेको छ—केवल १२ घण्टामै २१ लाख भन्दा बढी भ्युज पार गर्दै गीतले डिजिटल प्लेटफर्ममा बलियो सुरुआत गरेको छ।

Leave a Reply

Most viewed

Newsletter