रास्वपाको समानुपातिक उम्मेदवारीमा फिर्ताको लहर

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका केही उम्मेदवारले क्रमशः उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। शनिबार साँझसम्म पाँच जनाले औपचारिक रूपमा नाम फिर्ता गर्ने निर्णय सार्वजनिक गरेका छन्।

नाम फिर्ता गर्नेमा पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ शाह, उद्योगी चन्द्र ढकालका पुत्र सचिन ढकाल र प्राध्यापक महेन्द्र लावती रहेका छन्। यसबाहेक अन्य केही उम्मेदवारले पनि नाम फिर्ता लिने इच्छा पार्टी नेतृत्वलाई जानकारी गराइसकेको जनाइएको छ। उम्मेदवारी फिर्ता गर्न इच्छुकहरूले निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ, जसका लागि २८ पुस अन्तिम म्याद तोकिएको छ।

संविधानले समानुपातिक निर्वाचन प्रणालीमार्फत उपेक्षित, उत्पीडित, सीमान्तकृत वर्ग तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखेको भए पनि रास्वपाले आफ्ना नेताका आफन्त, निकट व्यक्तिहरू तथा पहुँचवालालाई उम्मेदवार बनाएको आरोपसहित पार्टीको व्यापक आलोचना भएको थियो।

यस सन्दर्भमा रास्वपाका प्रवक्ता मनीष झाले सार्वजनिक रूपमा उठेका प्रश्न र आलोचनालाई ध्यानमा राख्दै केही उम्मेदवारले स्वेच्छिक रूपमा नाम फिर्ता लिने निर्णय गरेको बताए। उनले भने, “जसका बारेमा सार्वजनिक रूपमा प्रश्न उठेका छन्, उहाँहरूले उम्मेदवारी फिर्ता लिनु जनभावनाको सम्मान हो।”

Leave a Reply

Most viewed

Newsletter

Don't Miss

अबकी बार बालेन सरकार

काठमाडौँ — नेपाली राजनीतिमा नयाँ अध्याय…

सिंहदरबार छोडेर बाहिरिइन् प्रधानमन्त्री कार्की, बालुवाटारबाट सामान स्थानान्तरण

प्रधानमन्त्री सुशीला कार्कीले पदबाट बाहिरिने तयारी…